मैले लेखेको गीतलाई मैले नै गाउन सकिनँ
मैले नै गाउन सकिनँ
मैले रोजेको प्रीतलाई मैले नै पाउन सकिनँ
पाउन सकिनँ
मैले लेखेको गीतलाई मैले नै गाउन सकिनँ
मैले नै गाउन सकिनँ
मैले रोजेको प्रीतलाई मैले नै पाउन सकिनँ
पाउन सकिनँ
मैले लेखेको गीतलाई
लेखेथेँ गीत विचार गरी तर आवाज पनि गुञ्जिएन
लेखेथेँ गीत विचार गरी तर आवाज पनि गुञ्जिएन
लाएथेँ प्रीत विश्वास गरी साथी मेरो कहिल्यै भएन, भएन
मैले गाँसेको माला मैले नै लाउन सकिनँ
मैले रोजेको प्रीतलाई मैले नै पाउन सकिनँ
पाउन सकिनँ
मैले लेखेको गीतलाई
हाँसेर गीत आधार बनि तर दुःखको साथी भई दिएन
हाँसेर गीत आधार बनि तर दुःखको साथी भई दिएन
बाँचेर प्रीत संसारभरि अमर भई फैलिदिएन, दिएन
मैले चाहेको नाउ मैले नै तार्न सकिनँ
मैले रोजेको प्रीतलाई मैले नै पाउन सकिनँ
पाउन सकिनँ
मैले लेखेको गीतलाई मैले नै गाउन सकिनँ
मैले रोजेको प्रीतलाई मैले नै पाउन सकिनँ
पाउन सकिनँ
मैले लेखेको गीतलाई
मैले लेखेको गीतलाई
शब्दः
संगीतः
स्वरः