न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई
माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
एकलास अभावदेखि तिमी जब तर्सि दिन्छौ
एकलास अभावदेखि तिमी जब तर्सि दिन्छौ
आफन्तकै नगिचमा जब एक्लो एक्लै हुन्छौ
तिमीभित्र बाँच्ने इच्छा जगाउन जन्मेकी हुँ
न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई
माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
तिमीलाई जब चोखो मायाको खाँचो पर्छ
तिमीलाई जब चोखो मायाको खाँचो पर्छ
थाकेको बेला शीतल छायाँको खाँचो पर्छ
तिम्रो निम्ति सारा जीवन बिताउन जन्मेकी हुँ
न म बाँच्न जन्मेकी हुँ
न म मर्न जन्मेकी हुँ
म त खाली तिमीलाई
माया गर्न जन्मेकी हुँ
माया गर्न जन्मेकी हुँ
शब्दः किरण खरेल
संगीतः शिवशंकर मानन्धर
स्वरः तारा देवी