म त सडक हुँ………..

आफन्तहरूले कुल्चे पनि
पराईहरूले कुल्चे पनि
म त सडक हुँ, सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनि
आफन्तहरूले कुल्चे पनि
पराईहरूले कुल्चे पनि
म त सडक हुँ, सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनि

यो छातीमा टेकेका दाग
आफ्नै आँशुले धोई
एकलास जस्तै सुनसान जस्तै
एक्लै एक्लै कल्पी रोएँ
यो छातीमा टेकेका दाग
आफ्नै आँशुले धोई
एकलास जस्तै सुनसान जस्तै
एक्लै एक्लै कल्पी रोएँ
जे आए बरू चुपचाप खपेँ
आफ्नो आँशु आफूले नै पुछेँ
जे आए बरू चुपचाप खपेँ
आफ्नो आँशु आफूले नै पुछेँ
आफन्तहरूले कुल्चे पनि
पराईहरूले कुल्चे पनि
म त सडक हुँ, सहि दिन्छु
मायालु तिम्ले कुल्चे पनि

यो बाटोमा हिँडनेहरू
कोही गए, कोही फर्के
आफ्नो लक्ष्य भेटेपछि
मलाई भने सबले बिर्से
यो बाटोमा हिँडनेहरू
कोही गए, कोही फर्के
आफ्नो लक्ष्य भेटेपछि
मलाई भने सबले बिर्से
जो आए गए हेरेर बसेँ
मनको इच्छा मारेर बसेँ
जो आए गए हेरेर बसेँ
मनको इच्छा मारेर बसेँ
आफन्तहरूले कुल्चे पनि
पराईहरूले कुल्चे पनि
म त सडक हुँ, सहि दिन्छु
मायालु तिमीले कुल्चे पनि
मायालु तिमीले कुल्चे पनि

शब्दः किरण खरेल
संगीत/स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!