एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिएको
एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिएको
म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइ राखेको
म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइ राखेको
कोयलीको मीठो बोली सुनिदेऊ आज
एकैफेर चिम्लिदेऊ नजरको लाज
कोयलीको मीठो बोली सुनिदेऊ आज
एकैफेर चिम्लिदेऊ नजरको लाज
चन्द्रमाको वरिपरि कालो कोलो दाग
तिमी आइ बसिदेऊ मेरै मुटु माझ
चन्द्रमाको वरिपरि कालो कोलो दाग
तिमी आइ बसिदेऊ मेरै मुटु माझ
एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिको
म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइ राखेको
पछ्यौराको घुम्टो हाली मलाई गुँथी लिन्छौ
सयपटक चुम्बन गरी आज किन जान्छौ
पछ्यौराको घुम्टो हाली मलाई गुँथी लिन्छौ
सयपटक चुम्बन गरी आज किन जान्छौ
बितेको यौवन मेरो तिम्लाई यादै होला
धुवाँमाथि पल्टी हामी गीत गाइरहौँला
बितेको यौवन मेरो तिम्लाई यादै होला
धुवाँमाथि पल्टी हामी गीत गाइरहौँला
एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिएको
एक फेर हाँसेर बोलिदिए पो
यो दिल दिनेछु राखिदिएको
म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइ राखेको
म त तिम्रै हुँ नि किन रोएको
छातीमुनि तिम्रै तस्वीर लुकाइ राखेको
शब्दः रवीन्द्र शाह
संगीतः नातिकाजी
स्वरः धुर्व के.सी. र कमला श्रेष्ठ