सिन्दुरले रंगिएको भन्छ सिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
हिमाल ढले पनि पहाड बने पनि
दुनियाँले लाखौँ चाल चले पनि
हिमाल ढले पनि पहाड बने पनि
दुनियाँले लाखौँ चाल चले पनि
मेरो जीवनको किनार मेरो मनको पियार
हरियो हुन्छ सधै पिरतीको संसार
सिन्दुरले रंगिएको भन्छ सिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
तारा झरे पनि फूल ओइलिए पनि
सारा सृष्टि मिली डाहा गरे पनि
तारा झरे पनि फूल ओइलिए पनि
सारा सृष्टि मिली डाहा गरे पनि
मेरो भाग्यको श्रृंगार उज्यालो उनको मुहार
ओझल हुन्न कहिले आँखाको जुहार
सिन्दुरले रंगिएको भन्छ सिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
सिन्दुरले रंगिएको भन्छ सिउँदो
मेरो माया जन्म जन्म र’न्छ जिउँदो
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः तारा देवी