तिमीमा एउटा नशा छ…….

तिमीमा एउटा नशा छ
आँखामा अर्को मादकता छ
तिमीमा एउटा नशा छ
आँखामा अर्को मादकता छ
कसरी भनुँ मसँग पनि
कसरी भनुँ मसँग पनि
मनमा एउटा पाप छ
मनमा एउटा पाप छ
तिमीमा एउटा नशा छ

डर लाग्छ तिम्रो नशालु आकाश
कुनै शत्रुको आँखामा पर्छ
डर लाग्छ तिम्रो नशालु आकाश
कुनै शत्रुको आँखामा पर्छ
तिमी खुल्ला, सोच खुल्ला
तिमी खुल्ला, सोच खुल्ला
कोही आँधी बनेर चिर्न सक्छ
तिमीमा एउटा नशा छ

यो कस्तो अलौकिक आकर्षण हो
काबु बाहिरको माया नदेऊ
यो कस्तो अलौकिक आकर्षण हो
काबु बाहिरको माया नदेऊ
व्यथा मनमा, नशा तनमा
व्यथा मनमा, नशा तनमा
नसोचेको घटना हुन सक्छ
तिमीमा एउटा नशा छ
आँखामा अर्को मादकता छ
कसरी भनुँ मसँग पनि
कसरी भनुँ मसँग पनि
मनमा एउटा पाप छ
मनमा एउटा पाप छ
मनमा एउटा पाप छ
मनमा एउटा पाप छ

शब्दः विश्वम्भर प्याकुऱ्याल
संगीतः नारायण ओली
स्वरः उदय सोताङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
शनिबार, जेष्ठ ९, २०८३
तिम्ले जति नै माया दिए………
सोमबार, बैशाख २८, २०८३
मुटुभरि…….
शुक्रबार, बैशाख १८, २०८३
लाग्यो नि बुढेसकाल……
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
Archives
Categories
Recent Posts
तिम्ले जति नै माया दिए………
शनिबार, जेष्ठ ९, २०८३
मुटुभरि…….
सोमबार, बैशाख २८, २०८३
लाग्यो नि बुढेसकाल……
शुक्रबार, बैशाख १८, २०८३
error: Content is protected !!