आधी बाटो हिँडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट शुरू भयो
सानो मोडैमा
आधी बाटो हिँडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट शुरू भयो
सानो मोडैमा
भीर खस्थे सिरानीमा गुहार भन्न सकिन्न थ्यो
मन डुब्दा समाउने भर कतै भेटिन्न थ्यो
भीर खस्थे सिरानीमा गुहार भन्न सकिन्न थ्यो
मन डुब्दा समाउने भर कतै भेटिन्न थ्यो
धेरै टाढा हिँडेपछि
धेरै टाढा हिँडेपछि तिमीसित भेट भयो
सानो मोडैमा
आधी बाटो हिँडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट शुरू भयो
सानो मोडैमा
एकान्तले सुसेल्द थ्यो उदासीले गीत गाउँथ्यो
आँखाहरू रसाएर वेदनाको भेल बग्थ्यो
एकान्तले सुसेल्द थ्यो उदासीले गीत गाउँथ्यो
आँखाहरू रसाएर वेदनाको भेल बग्थ्यो
यस्तै भेल बग्दा बग्दै
यस्तै भेल बग्दा बग्दै तिमीसित भेट भयो
सानो मोडैमा
आधी बाटो हिँडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट शुरू भयो
सानो मोडैमा
आधी बाटो हिँडेपछि तिमीसित भेट भयो
जिन्दगीको हाम्रो यात्रा त्यहीबाट शुरू भयो
सानो मोडैमा
सानो मोडैमा
सानो मोडैमा
सानो मोडैमा
हे…सानो मोडैमा
शब्दः रमण घिमिरे
संगीतः न्ह्यु बज्राचार्य
स्वरः उदय सोताङ, मनिला सोताङ