तिम्रो माया पत्थरको झुक्याउने रूप जस्तो
तिम्रो प्रीति चैतको धुलो भन्दा पनि सस्तो
अबदेखि सर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन
तिमीलाई माग्ने छैन
तिम्रो आश नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
तिम्रो आश नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र
एकैछिनको तर्कना तर्कियो त के भो र
अबदेखि सर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन
तिमीलाई माग्ने छैन
तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला
तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला
पर्खि बस्ने मान्छेले फर्की जान जान्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जान्दछ
अबदेखि सर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन
तिमीलाई माग्ने छैन, तिमीलाई माग्ने छैन
रचनाः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः तारादेवी