दिलमा हजुर आएर मात्रै मलाई थाहा भो
मेरो पनि जवानी आईसकेको रैछ
मेरो पनि जवानी आईसकेको रैछ
दिलमा हजुर आएर….
मैलाई थाहा थिएन मेरो यो हेराइले
मैलाई थाहा थिएन मेरो यो हेराइले
मोहनी लाग्छ अरूलाई मेरो कुरा गराइले
हजुरै नजिकै भएर मात्रै मलाई थाहा भो
भर्खरको जस्तो बचपन बितिसकेको रैछ
भर्खरको जस्तो बचपन बितिसकेको रैछ
दिलमा हजुर आएर….
पहिले म अहिले जस्तै मुस्काउन जान्दिनथेँ
पहिले म अहिले जस्तै मुस्काउन जान्दिनथेँ
अरूले मलाई हेर्दा सर्माउन जान्दिनथेँ
माया हजुरको पाएर मात्रै मलाई थाहा भो
मेरो पुरानो बानी बदली सकेको रैछ
मेरो पुरानो बानी बदली सकेको रैछ
दिलमा हजुर आएर मात्रै मलाई थाहा भो
मेरो पनि जवानी आईसकेको रैछ
मेरो पनि जवानी आईसकेको रैछ
रचनाः राम मान श्रेष्ठ ‘तृषित’
संगीतः शिव शंकर
स्वरः तारा देवी