आँखाहरूले रुन नखोजे………

आँखाहरूले रुन नखोजे
ओठहरूले हाँस्न नखोजे
जीवन कति सुन्दर हुन्थ्यो होला
मेरो जीवन
आँखाहरूले रुन नखोजे
ओठहरूले हाँस्न नखोजे
जीवन कति सुन्दर हुन्थ्यो होला
मेरो जीवन

मानिसभित्र किन मन हुन्छ
मनभित्र किन चाहना हुन्छ
मानिसभित्र किन मन हुन्छ
मनभित्र किन चाहना हुन्छ
उदास उदास आँखामा पनि
किन इन्द्रेणी सपना हुन्छ
किन इन्द्रेणी सपना हुन्छ
सपनाहररूले छल्न नआए
खुशीहरूले चल्न नआए
जीवन कति सुन्दर हुन्थ्यो होला
मेरो जीवन

संसार अट्ने मुटुमा किन
माया सिवाय केही अटेन
संसार अट्ने मुटुमा किन
माया सिवाय केही अटेन
आफूलाई भुल्न सक्ने हृदयले
अरूलाई भुल्न किन सकेन
अरूलाई भुल्न किन सकेन
मायाहरूले चुम्न नआए
आशाहरूले झुम्न नआए
जीवन कति सुन्दर हुन्थ्यो होला
मेरो जीवन

शब्दः किरण खरेल
संगीतः शिवशंकर र चन्द्रराज शर्मा
स्वरः तारा देवी
चलचित्रः कुमारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!