शुभकामना भरी हरेक श्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शुभकामना भरी हरेक पलमा
तिम्रो जीवनमा सुवास छर्न सकुँ म
शुभकामना भरी
आँखाका दुर्ई घडा प्रीतले भरेको
हरेक बुन्दले अभिशेष देयोस्
श्रद्धा भक्ति विश्वास मायाले उनेको
हर शब्द यो मंगल माला बनोस्
शुभकामना भरी हरेक उषामा
तिम्रा बिहानीहरू रंगाउन सकुँ म
शुभकामना भरी
मुटुको दियोमा सधै बलिरहने
अखण्ड बत्ती पथ दर्शक रहोस्
सदुवाको सिउँदोमा झल्किरहने
सिन्दुरझैँ शुभ त्यो जीवन बनोस्
शुभकामना भरी हरेक संध्यामा
तिम्रा साँझहरू सजाइदिन सकुँ म
शुभकामना भरी हरेक श्वासमा
तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शब्दः चाँदनी शाह
संगीतः नातीकाजी
स्वरः तारा देवी