मलमली घुम्टो शीतको, बोझिल आँखा नीदको
उघार्छ फूलले जब जब डुब्छु नदीमा अतीतको
डुब्छु नदीमा अतीतको
मलमली घुम्टो शीतको, बोझिल आँखा नीदको
उघार्छ फूलले जब जब डुब्छु नदीमा अतीतको
डुब्छु नदीमा अतीतको
तालझै निर्मल, नीलो त्यो नयन झुकाई हाँसेर
छालझै चञ्चल, फूलको जोवन फुकाई नाचेर
चरीझै पलपल मीठो बचन सुनाई डाकेर
इन्द्रेणी त्यो जाल प्रीतको
डुब्छु नदीमा अतीतको
जूनझै शीतल, रूपको किरण फिँजाई मस्केर
परीझै तलतल, नौलो त्यो जलन ब्यूँझाई जिस्केर
मोतीझै टलपल मेरो यो मन सल्काई बिर्सेर
मोहिनी त्यो चाल मीतको
डुब्छु नदीमा अतीतको
मलमली घुम्टो शीतको, बोझिल आँखा नीदको
उघार्छ फूलले जब जब डुब्छु नदीमा अतीतको
डुब्छु नदीमा अतीतको
शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः प्रेमध्वज प्रधान