घनश्याम मेरो
घनश्याम मेरो
घनश्याम मेरो मलाई तिमी अधरको मुरली बनाऊ
सुरभित स्वासको सप्त स्वरले प्राण भरेर बजाऊ
घनश्याम मेरो
घनश्याम मेरो
शिथिल छ साह्रै तन यो मेरो खोजिरहेछ सहारा
शिथिल छ साह्रै तन यो मेरो खोजिरहेछ सहारा
आ…आ….आ..
देऊ अधरको स्पर्श मधुरो तन मनलाई जगाऊ
घनश्याम मेरो
घनश्याम मेरो
मीरा नाचिन् गोपिनी नाची नाच्यो त्रिभुवन सारा
मीरा नाचिन् गोपिनी नाची नाच्यो त्रिभुवन सारा
आ… आ….. आ….
त्यस्तै मेरो तन मन नाचोस् यस्तो राग सुनाऊ
घनश्याम मेरो
घनश्याम मेरो
पद्मको छाँया यमुना तटको तिम्रो नाता पुरानो
पद्मको छाँया यमुना तटको तिम्रो नाता पुरानो
आ….आ….आ….
तिमीसँग मेरो स्वर्ग यि नाता आफ्नो छेऊ बोलाऊ
घनश्याम मेरो मलाई तिमी अधरको मुरली बनाऊ
घनश्याम मेरो
घनश्याम मेरो
शब्दः पुरूषोत्तम सापकोटा
संगीतः शिवशंकर मानन्धर
स्वरः नूपुर भट्टचार्य