मलाई माया गर, बढी माया गर
सधै माया गर, धेरै माया गर
म लालीगुराँस भई हाँसी रहेछु
म डाँफे भएर नाची रहेछु
म लालीगुराँस भई हाँसी रहेछु
म डाँफे भएर नाची रहेछु
म झरना भएर गाइ रहेछु
हिमाली पवन भई म आइ रहेछु
मलाई माया गर, बढी माया गर
सधै माया गर, धेरै माया गर
म हेर्छु गई देउरालीहरूमा
म कुर्छु बसी चौतारीहरू
म हेर्छु गई देउरालीहरूमा
म कुर्छु बसी चौतारीहरू
म धुपी र सल्ला चलाएर डाक्छु
म भन्ज्यांग र फेदी गुन्जाएर डाक्छु
मलाई माया गर, बढी माया गर
सधै माया गर, धेरै माया गर
नबिर्स तिमी सात सागर गई
नबिर्स तिमी आज टाढा रही
नबिर्स तिमी सात सागर गई
नबिर्स तिमी आज टाढा रही
म शीतल हिमाली छायाँ त हुँ
म यो देशको सुकिलो माया त हुँ
मलाई माया गर, बढी माया गर
सधै माया गर, धेरै माया गर
हिमालै भएर कुरी नै रहुँला
तर तिम्रो माया गरि नै रहुँला
हिमालै भएर कुरी नै रहुँला
तर तिम्रो माया गरि नै रहुँला
अटूट अनन्त यो मायाको डोरी
म तिम्रो सदा हुँ सदा तिमी मेरो
मलाई माया गर, बढी माया गर
सधै माया गर, धेरै माया गर
रचनाः किरण खरेल
संगीतः नातीकाजी
स्वरः तारा देवी