फूलको थुंगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा
झरीको पछि झुल्केको घाममा निर सऱ्यो पहाडको
झरीको पछि झुल्केको घाममा निर सऱ्यो पहाडको
भर्खर प्रीति बसेको बेला पीर पऱ्यो बिछोडको
कहिले भेट होला है राजै यो जिन्दगानीमा
नहाँसु भने सखिलाई पीर मैं हाँसु कसरी
नहाँसु भने सखिलाई पीर मैं हाँसु कसरी
रोउँला राती भनेर आँशु मै साँचुँ कसरी
कहिले भेट होला है राजै यो जिन्दगानीमा
रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको सूरमा सम्झोकी प्याराले
कहिले भेट होला है राजै यो जिन्दगानीमा
यो जिन्दगानीमा
रचनाः माधव प्रसाद घिमिरे
संगीतः नातीकाजी
स्वरः तारा देवी