मान्छे विष पिएर
मान्छे विष पिएर पनि बाँच्न सक्छन्
अमृत पिएर मर्दैछु म
कैले फूल बन्दै कैले पात बन्दै
बसन्तको काखमा झर्दैछु म
मान्छे विष पिएर
यो कस्तो समस्या यो कस्तो निवारण
घाउ बढ्दै जान्छ औषधिको कारण
यो कस्तो समस्या यो कस्तो निवारण
घाउ बढ्दै जान्छ औषधिको कारण
मान्छे विष पिएर पनि बाँच्न सक्छन्
अमृत पिएर मर्दैछु म
कैले फूल बन्दै कैले पात बन्दै
बसन्तको काखमा झर्दैछु म
मान्छे विष पिएर
एक्लो हुन्छन् मान्छे सहारा नपाई
मेरो नाउ डुब्छ किनारामा आई
एक्लो हुन्छन् मान्छे सहारा नपाई
मेरो नाउ डुब्छ किनारामा आई
मान्छे विष पिएर पनि बाँच्न सक्छन्
अमृत पिएर मर्दैछु म
कैले फूल बन्दै कैले पात बन्दै
बसन्तको काखमा झर्दैछु म
मान्छे विष पिएर
शब्द/संगीतः राममान तृषित
स्वरः तारा देवी