जाडो जाडो मौसम यो हुस्सु र कुहिरो छ डाँडाभरि वरिपरि
चिसो चिसो बतासमा उडिदिन्छ मन मेरो सिमलको भुवासरि

खुशीयाली छाएको छ रमाइलो यो दिनमा
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज

यो मौसममा यो मौसममा
न्यानो न्यानो अँगालोमा बाँधिदिउँला तिमीलाई यो जाडोको नमान डर
मीठो मीठो बातमा सँगैसँगै रमाउने एउटै मेरो मनको रहर

वन पाखा गाउँदै छ, बोलाउँदै छ हामीलाई
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज
यो मौसममा यो मौसममा
यो मायालु काखमा बादलझै केशको छहारीमा
फुल्न देऊ यो संसारलाई बिताउन देऊ यो जिन्दगी
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज
यो मनले तिम्लाई चाहेको छ, आँखाले खोजेको छ खुशी र उमंगले आज
यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउ आज
शब्दः
संगीतः
स्वरः निमा रुम्बा