जूनका किरणहरूले प्रेम पत्र लेख्दै छु म
फूलका कलिला पातमा खोजिदिनु है यसलाई
भोलि सबेरै तिमीले पढिदिनु है यसलाई
जूनका किरणहरूले प्रेम पत्र लेख्दै छु म
धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उषा खुलेन
ए हजुर, ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ती आँखामा मेरो तस्वीर भन छैन कि खुलेको
जूनका किरणहरूले प्रेम पत्र लेख्दै छु म
चिठ्ठी पठाउँछु भन्थ्यौ, चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ, सपनामा पनि आइनौ
ए हजुर, ए हजुर म बाँच्न सक्दिनँ
तिम्रो चिठ्ठी नपाए
म भुल्ने छैन पक्कै भोलि सपनामा नआए
जूनका किरणहरूले प्रेम पत्र लेख्दै छु म
शब्दः किरण खरेल
संगीतः चन्द्रराज शर्मा
स्वरः माणिक रत्न