बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
आँखाभरि तिम्रो माया मुटुभरि माया
जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया
आँखाभरि तिम्रो माया मुटुभरि माया
जता हेर्यो त्यतै देख्छु तिम्रै तिम्रै माया
कहाँ राखुँ, कता सजाऊँ यति धेरै माया
गीत बनाई गाइ रहुँ कि तिम्रा सबै माया
बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
शितको थोपा जूनको किरण तिम्रै धेरै माया
फूलको रूप दिलको मूर्ति तिम्रै मात्र माया
शितको थोपा जूनको किरण तिम्रै धेरै माया
फूलको रूप दिलको मूर्ति तिम्रै मात्र माया
कति चोखो, कति मीठो तिम्रै सारा माया
माला गाँसी लगाईरहुँ कि तिम्रा सबै माया
बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर
शब्दः जस योञ्जन प्यासी
संगीत/स्वरः बद्री दुर्गा खरेल