नयाँ वर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना
मेरी उषाको लाली तिमीलाई
मेरी ताराको ज्योति तिमीलाई
आजको सिङ्गै दिन तिमीलाई
मेरो सिङ्गै मन तिमीलाई
आज झुल्कने पहिलो घाम तिम्रो कपालबाट खुलोस्
वैशाखमा फुल्ने पहिलो फूल तिम्रो गालाबाट फुलोस्
मेरी आशाको रूप तिमीलाई, इन्द्रेणीको रङ तिमीलाई
मेरी उषाको लाली तिमीलाई
मेरी ताराको ज्योति तिमीलाई
आजको सिङ्गै दिन तिमीलाई
मेरो सिङ्गै मन तिमीलाई
नयाँ वर्षझै तिमी सबैमा नयाँ उमङ्ग भर्न सक
मेरो आजको उमेर लिई एकदिन बढ्ता बाँच्न सक
मेरी पारूको गीत तिमीलाई, रजनीको धुन तिमीलाई
शब्दः किरण खरेल
संगीतः चन्द्रराज शर्मा
स्वरः माणिक रत्न