मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हँ
हरेक पाइला पाइलामा तिमी धोका दिदैछौ हँ
मेरो आँशु आँशु नै हो नठान पानी यसलाई
मेरो आँशु आँशु नै हो नठान पानी यसलाई
मुटु यो मानिस कै हो नठान पुर्जा यसलाई
मलाई बेहोस पारेर किन टाढा हुँदैछौ हँ
मसँग कुन जनमको यो तिमी बदला लिदैछौ हँ
म निभ्न लागेको बत्ति नफुक बल्नदेऊ एकछिन
म निभ्न लागेको बत्ति नफुक बल्नदेऊ एकछिन
भिखारी सम्झेरै भैगो मलाई दान देऊ एकदिन
मलाई जिउँदै मारेर कति नाफा लिदैछौ हँ
मसँग कुन जनमको यो तिमी बदला लिदैछौ हँ
हरेक पाइला पाइलामा तिमी धोका दिदैछौ हँ
शब्दः किरण खरेल
संगीतः शिव शंकर मानन्धर
स्वरः मणिक रत्न