खोलानालासँग सोधेँ गाउँ तिम्रो खोजी खोजी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो.. चौतारीमा लिन आउनु है
बसेकी होलेऊ तिमी दैलोमा बत्ती बाली
मनमनै जपी मेरो रातमा नाउँ खाली
मनमनै जपी मेरो रातमा नाउँ खाली
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
गीतमा तिम्रो दिलको हाल सबै आज बुझी
बास कही नबसेर बर्षातमा रुझी रुझी
बास कही नबसेर बर्षातमा रुझी रुझी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो… चौतारीमा लिन आउनु है
खोलानालासँग सोधेँ गाउँ तिम्रो खोजी खोजी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउनु है
हो…. चौतारीमा लिन आउनु है
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः माणिक रत्न