तिम्रो आँखाभन्दा दामी मेरोलागि छैन केही
मेरो घाम र जून यी हुन्, मलाई वरदान यी हन्
तिम्रो आँखाभन्दा दामी
यी खुशीले मुस्कुराउँदा दैवी किरण छरिन्छ
यिनले आँशु खसाउँदा मेरो मुटु चिरिन्छ
मेरो अँध्यारो रातका यी जग्मगाउँदा ज्योति
मेरो उज्यालो दिनका यी झल्मलाउँदा मोती
तिम्रो आँखाभन्दा दामी
संसारमा मभन्दा कोही छैन भाग्यमानी
जसलाई हेर्छन् तिम्रा आँखाले आफ्नो ठानी
हरेक बिहान यिनकै दर्शन म गर्न पाऊँ
यहीँ आँखा हेर्दा हेर्दै हाँसेर मर्न पाऊँ
तिम्रो आँखाभन्दा दामी
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः माणिक रत्न