उपमा कुनै पाइनँ खोजेँ मैले यो संसारमा
तारिफ तिम्रो के भनि गरूँ सुझेन विचारमा
उपमा कुनै पाइनँ
उठ्दा लालीगुराँस नजरको गाजल
छायाँ मात्र देखे कही इन्द्र हुन्छ पागल
तिमीले घुम्टो खोली दिदाँ सर्माउँछ कमल
तिमीले बोली मात्र दिदाँ सिता हुन्छ गजल
उपमा कुनै पाइनँ खोजेँ मैले यो संसारमा
तारिफ तिम्रो के भनि गरूँ सुझेन विचारमा
उपमा कुनै पाइनँ
तिम्रो पाउ चुम्नलाई बिन्ती गर्छ राति जून
कल्पिने छन् सबै यहाँ तिम्रो साथी हुन
गुलाबी गाला हेरि रेशमी कपाल
डग्मगाई भन्छ धर्ती लौ न लौ सम्हाल
उपमा कुनै पाइनँ खोजेँ मैले यो संसारमा
तारिफ तिम्रो के भनि गरूँ सुझेन विचारमा
उपमा कुनै पाइनँ
शब्दः रत्न शम्शेर थापा
संगित/स्वरः माणिक रत्न स्थापित