कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
छाती खोली देखाऊँ कि
छाती खोली देखाऊँ कि मुटुभित्रै लुकाऊँ
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
दुखाईको सीमा छैन
जहाँ मिचे नि सन्चो हुँदैन
दुखाईको सीमा छैन
जहाँ मिचे नि सन्चो हुँदैन
केही पल तिमी नजिक भएदेखि
अलिकति बिसेक हुन्थ्यो कि
अलिकति बिसेक हुन्थ्यो कि
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
हरेक अङ्ग मेरो डढिरहेछ
नशा नशामा रगत निख्रिसक्यो
हरेक अङ्ग मेरो डढिरहेछ
नशा नशामा रगत निख्रिसक्यो
साह्रै टाढा भयौ तिमी मदेखि
भेट हाम्रो नहुने हो कि
भेट हाम्रो नहुने हो कि
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
छाती खोली देखाऊँ कि
छाती खोली देखाऊँ कि मुटुभित्रै लुकाऊँ
कहाँ कहाँ दुख्छ प्रिय तिमीलाई के बताऊँ
तिमीलाई के बताऊँ
तिमीलाई के बताऊँ
तिमीलाई के बताऊँ
शब्दः बिनोद प्रधान सोराकी
संगीतः उदय सोताङ
स्वरः उदय सोताङ र मनिला सोताङ