मायालुले सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो नि
मायालुले सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो नि
मायालुले
खोज्छन् आँखा मेरा, टाढा जब हुन्छन् उनी
छेउ आइ हाँसिदिँदा बढ्छ मुटुको ढुक्ढुकी
खोज्छन् आँखा मेरा, टाढा जब हुन्छन् उनी
छेउ आइ हाँसिदिँदा बढ्छ मुटुको ढुक्ढुकी
सपनाको संसारलाई कल्पनाले ढाक्यो
सपनाको संसारलाई कल्पनाले ढाक्यो
मायालुले सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो नि
मायालुले
बोल्छन् आँखा मेरा फुट्दैन बोली भनि
जुनेली रात पनि उनीबिना छ अन्धेरी
बोल्छन् आँखा मेरा फुट्दैन बोली भनि
जुनेली रात पनि उनीबिना छ अन्धेरी
हिँडेको बाटो पनि आज नौलो लाग्यो
हिँडेको बाटो पनि आज नौलो लाग्यो
मायालुले सम्झे कि कसो
बाडुली लाग्यो नि, लाग्यो नि, लौ मलाई
मायाको बन्धनले जीवन उज्यालो नि
मायालुले
शब्दः शशी ठटाल
संगीतः शान्ति ठटाल
स्वरः डेजी बराइली, दावा ग्याल्मो