भो भो नसोध अब केई मलाई
रुके म छ बुझ तिम्रै भलाई लौ है
भो भो नसोध अब केई मलाई
रुके म छ बुझ तिम्रै भलाई लौ है
चाँदनी रात निलो आकाश
छर्छन् जाई जुही सुवास
चाँदनी रात निलो आकाश
छर्छन् जाई जुही सुवास
जानु नजानु यो दिल दुखाई
रुके म छ बुझ तिम्रै भलाई लौ है
टलल टलल तारा मुनि
सलल सलल बग्ने ध्वनि
टलल टलल तारा मुनि
सलल सलल बग्ने ध्वनि
सुन्नु नसुन्नु आउनु आइ
रुके म छ बुझ तिम्रै भलाई लौ है
वसन्ती हावा फूलको मेला
रूपौला घटा प्यारको बेला
वसन्ती हावा फूलको मेला
रूपौला घटा प्यारको बेला
बुझ्नु नबुझ्नु विरह है जगाई
रुके म छ बुझ तिम्रै भलाई लौ है
भो भो नसोध अब केई मलाई
रुके म छ बुझ तिम्रै भलाई लौ है
लौ लौ लौ लौ है
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः नारायण गोपाल