स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर हो हो
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर हो हो हो

रेशमी घुम्टो हाली हो हाली, ओठमा हल्का लाली

प्रीतिको दीप बाली हो, बदामी आँखा काली
रात जुनेली मेरी चमेली बस हो पर्खेर हो हो
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर हो हो हो
स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर हो हो
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर हो हो हो
गोरा गुलाबी गाला हो गाला, इन्द्रेणीको माला

नागबेली चाला हो, जवानी ओइली जाला
ओडेको इन्दु, शीतका बिन्दु दिलले सम्झेर हो हो
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर हो हो हो
स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर हो हो
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्केर हो हो हो
शब्दः रत्न शम्शेर थापा
संगीत/स्वरः नारायण गोपाल