टाढा टाढा रहे पनि तिमीलाई सम्झन्छु
छातीमा तिम्रै तस्वीर राखी एक्लै तड्पन्छु
हावामा तिम्रो सुनेर बोली मनमनै कल्पन्छु
हावामा तिम्रो सुनेर बोली मनमनै कल्पन्छु
आएको आँशु नसकि रोक्न फूल झै मैलिन्छु
टाढा टाढा रहे पनि तिमीलाई सम्झन्छु
पिलपिले तारा रोएको देखी निराश म पाउँछु
पिलपिले तारा रोएको देखी निराश म पाउँछु
विरहले कलेजा जल्दा घायल म बन्छु
टाढा टाढा रहे पनि तिमीलाई सम्झन्छु
टाढा
शब्दः उत्तम श्रेष्ठ ‘नेपाली’
संगीत/स्वरः शिव शंकर मानन्धर