झरेको पातझै भयो उजाड मेरो जिन्दगी
निभेको दिपझै भयो उदास मेरो जिन्दगी
झरेको पातझै भयो उजाड मेरो जिन्दगी
चुरा फुटे सरि भयो चराहरू उडी गए
चुरा फुटे सरि भयो चराहरू उडी गए
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे
उठेको बस्तीझै भयो प्रवास मेरो जिन्दगी
बिहान जो खुशी थियो जलेर साँझ भईसक्यो
बिहान जो खुशी थियो जलेर साँझ भईसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रातझै भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लाश भित्र भित्र काहीँ छातीमा
जलिरहेछ लाश भित्र भित्र काहीँ छातीमा
टुटे फुटेका स्वप्नझै अँगारमात्र छातीमा
जीवन बगर सरि भयो उराठ मेरो जिन्दगी
निभेको दिपझै भयो उदास मेरो जिन्दगी
झरेको पातझै भयो उजाड मेरो जिन्दगी
शब्दः काली प्रसाद रिजाल
संगीत/स्वरः नारायण गोपाल