जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर
म मुर्दा भएको तिमी आज हेर
जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर
म मुर्दा भएको तिमी आज हेर
याँ ढुङ्गाहरू गर्छ ईश्वरको अभिनय
याँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमी आज हेर
कति सस्तो जीवन कति सस्तो मान्छे
जताततै देख्छु मान्छे माथि मान्छे
सयौँ पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेरै काटेँ यो कालो मुटुलाई
म जन्मेकै भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमी आज हेर
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल