लौ सुन म भन्छु मेरो रामकहानी
त्यो एकदिनको घाम, सयौँ दिनको पानी
लौ सुन म भन्छु मेरो राम कहानी
म उठ्दा आकाशले मलाई थिचिदिन्छ
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोएँ यी आँशु रित्याऊँ भनेर
तर आँशुले नै मलाई नै बगाउँछ
यो विधुवाको सिउँदो कि मेरो जवानी
त्यो एक दिनको घाम, सयौँ दिनको पानी
लौ सुन म भन्छु मेरो रामकहानी
तेरो आश्वासनमा मैले बाँची हेरेँ
मैले आगोमाथि पनि नाची हेरेँ
जीवनलाई चारैतिरबाट हेरेँ
केवल म पुरानो, सबै नौलो पाएँ
यही गीत साँचेँ पछिलाई निसानी
त्यो एकदिनको घाम, सयौँ दिनको पानी
लौ सुन म भन्छु मेरो रामकहानी
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल