यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
बाटो वर पर फुल्ने पलास टिपी शिरमा नलाऊ
यति धेरै माया दिई
जो भाग्यमा कोरिएका सुख दुःख स्वीकार छन्
जो भाग्यमा कोरिएका सुख दुःख स्वीकार छन्
केही तीता पल, केही मीठा पल सबै सबै स्वीकार छन्
यी हातहरू प्रशस्त छन्, भो सान्त्वना मलाई नदेऊ
यति धेरै माया दिई
यो बाटोमा कति काँडा कति फूल टिपी हिँडेँ
यो बाटोमा कति काँडा कति फूल टिपी हिँडेँ
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा भो साहरा मलाई नदेऊ
यति धेरै माया दिई मनभरि दुःख नदेऊ
यति धेरै माया दिई
शब्द/संगीतः दिपक जंगम
स्वरः नारायण गोपाल