तिमीले भनेका सारा देव छोएर
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर
तारालाई साक्षी राखेर बाचा नै कहिले खाएथेँ
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ
तिमीले भनेका सारा देव छोएर
रातभरि तिमी रोईदिँदा, रोएथेँ म केही बेर
केही बेर तिमी हाँसिदिँदा, हाँसेथेँ म धेरै बेर
अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ
तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
शब्दः विश्वम्भर प्याकुरेल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः नारायण गोपाल