बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँशुमा डुब्छ
निको भैसकेको पुरानो त्यो घाउ
अनायास नै फेरि बल्झेर बढ्छ
बल्झेर बढ्छ
बोकेर चोट अनुरागको
जाँदैछु बाँच्न एकान्तमा आज
बोकेर चोट अनुरागको
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ
झस्केर उठ्छ
सायद निको नहुने मेरो घाउ
डाहा भई बाँच्छ सधै मभित्र
बाँचेकै हेर्ने भए फेरि मलाई
हाँसो नै दिने भए फेरि मलाई
बाँचेकै हेर्ने भए फेरि मलाई
हाँसो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराईमा बल्झेर दुख्छ
बल्झेर दुख्छ
बिर्सेर पनि मलाई नहेर
शब्दः नगेन्द्र थापा
संगीतः गोपाल योन्जन
स्वरः नारायण गोपाल