कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
सुस्केराको कथासँग सजाउँदा तिमीलाई
जिन्दगीको व्यथाभित्र पाउँछु आफूलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
मुटुभित्र मुस्काउँथ्यो ढुक्ढुकीको बोली
आज मलाई पीरै आयो सम्झनाले पोली
मुटुभित्र मुस्काउँथ्यो ढुक्ढुकीको बोली
आज मलाई पीरै आयो सम्झनाले पोली
आँखाभित्रभित्रै अति बर्सिरहन्थ्यो
तर माया तिम्रो वाचा सम्झिरहन्थेँ
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
देउरालीलाई फूल चढाएँ तिमीलाई मुटु
भन्ज्याङलाई सोधि हेरेँ कहाँसम्म खोजुँ
देउरालीलाई फूल चढाएँ तिमीलाई मुटु
भन्ज्याङलाई सोधि हेरेँ कहाँसम्म खोजुँ
आँखाभित्रभित्रै अति बर्सिरहन्थ्यो
तर माया तिम्रो वाचा सम्झिरहन्थेँ
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
सुस्केराको कथासँग सजाउँदा तिमीलाई
जिन्दगीको व्यथाभित्र पाउँछु आफूलाई
कहिलेकाहीँ तिम्रो याद आउँछ मलाई
शब्दः नरेन्द्रराज प्रसाईँ
संगीतः दिपक जंगम
स्वरः अरूणा लामा