खोलाको तिरैमा बसि रहँदा मायालु
मन बग्छ खोलासितै कता कता मायालु
मन बग्छ खोलासितै कता कता मायालु
पर्खेर बसेँ आउँछ कि भनि, तर्केर गएछ
जिन्दगीभरि लेखेको कथा अधुरो भएछ
आकाश निलोमा हेरी रहँदा मायालु
मन उड्छ माथि अझै कता कता मायालु
मन उड्छ माथि अझै कता कता मायालु
जसलाई आफ्नै ठानेको थिएँ बिरानो भएछ
भर्खर मात्रै उनेको माला, पुरानो भएछ
सुनखरी टिपेर उनि रहँदा मायालु
मन चुढ्छ मालासितै कता कता मायालु
मन चुढ्छ मालासितै कता कता मायालु
मन चुढ्छ मालासितै कता कता मायालु
मन बग्छ खोला सितै कता कता मायालु
शब्दः ईश्वर बल्लभ
संगीतः
स्वरः अरूणा लामा