इच्छा तिम्रो थप्दै जाऊ धारमाथि धार
चुपचाप चुपचाप बजिदिन्छु वेदनाको तार
इच्छा तिम्रो थप्दै जाऊ धारमाथि धार
अँधेरीमा बास खोजी सपनीमा आउने छैन
अँधेरीमा बास खोजी सपनीमा आउने छैन
परेलीमा प्यास बोकी विपनीमा धाउने छैन
टाढा हुँदै गए पनि प्रीतिको किनार
चुपचाप चुपचाप बजिदिन्छु वेदनाको तार
इच्छा तिम्रो थप्दै जाऊ धारमाथि धार
जलाएर कथा जति बतासमा उडाई दिउँला
जलाएर कथा जति बतासमा उडाई दिउँला
संगालेर व्यथा जति एकलासमा पोखाई दिउँला
धमिल्याउदै मेटिदिए जीवनको सार
चुपचाप चुपचाप बजिदिन्छु वेदनाको तार
इच्छा तिम्रो थप्दै जाऊ धारमाथि धार
शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः अरूणा लामा