मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
यही यात्रा छ प्यारो मलाई
कसैको साथ चाहिन्न
मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
टुक्रिएको ऐनाभित्र कसको पर्छ छायाँ
टुक्रिएको ऐनाभित्र कसको पर्छ छायाँ
भाँचिएको मनभित्र कति अड्छ माया
कहिले सुख कहिले दुःख यही हो जिन्दगानी
यही पानीमा रुझ्न देऊ अझै मलाई
मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
अस्ताएको घामभित्र कति हुन्छ राप
अस्ताएको घामभित्र कति हुन्छ राप
मानिसका इच्छाभित्र कति फुल्छ पाप
सृष्टीभित्र थरीथरी बेग्ला बेग्लै रूप
एक्लै मलाई भुल्न देऊ मेरै मनसित
मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
यही यात्रा छ प्यारो मलाई
कसैको साथ चाहिन्न
मलाई यही जीवन बधाई
शुभकामना अरू चाहिन्न
शब्दः वीरेन्द्र पाठक
संगीतः गणेश परियार
स्वरः अरूणा लामा