बित्यो बित्यो बित्यो जोवन मेरो बित्यो
ओइल्याउने फूलजस्तै जोवन बित्यो हाय…
गयो गयो गयो पिरती नै गयो
परदेशी त्यो लाहुरेझै पिरती नै गयो
झुल्के घाम पूर्व खुल्यो गायो जुरेली
छाँगा गायो पहरामा नाच्यो सुसेली हो….
झुल्के घाम पूर्व खुल्यो गायो जुरेली
छाँगा गायो पहरामा नाच्यो सुसेली
नाच्यो सुसेली हाय…
लुट्यो लुट्यो लुट्यो मुस्कानै लुट्यो
फूलबाट रस लिने भमराझै लुट्यो हाय…
बित्यो बित्यो बित्यो जोवन मेरो बित्यो
ओइल्याउने फूलजस्तै जोवन बित्यो
हिमालमै बढ्यौ तिमी खेली हाँसी हाँसी
खोला नाला तर्दै गयो आकाशमाथि माथि हो…
हिमालमै बढ्यौ तिमी खेली हाँसी हाँसी
खोला नाला तर्दै गयो आकाशमाथि माथि आकाशमाथि माथि हाय…
छुट्यो छुट्यो छुट्यो आश सबै छुट्यो
अविश्वासी प्रेमीजस्तै आश छुट्यो हाय…
बित्यो बित्यो बित्यो जोवन मेरो बित्यो
ओइल्याउने फूलजस्तै जोवन बित्यो
शब्दः माधव प्रसाद खनाल ‘भावुक’
संगीत/स्वरः शिवशंकर मानन्धर