अरूले हानेको ढुंगाले भन्दा आफन्तको फूलले
जिन्दगी बढी दुख्दो रहेछ सानो देखिने भुलले
अरूले हानेको ढुंगाले भन्दा
टेकेको दैलो मेरो भएन
आफ्नो भन्नु केही भएन
टेकेको दैलो मेरो भएन
आफ्नो भन्नु केही भएन
रंग बदल्ने यो हुलमा
रंग बदल्ने यो हुलमा
तिमी पनि त मेरो भएनौ
अरूले घोचेको काँडाले भन्दा आफन्तको फूलले
जिन्दगी बढी बिझ्दो रहेछ सानो देखिने भुलले
अरूले हानेको ढुंगाले भन्दा
मेरै हो भन्न गाह्रो भएछ आफै उड्ने प्वाँख पनि
मेरै हो भन्न गाह्रो भएछ आफै उड्ने प्वाँख पनि
मोल माग्ने भईसकेछ
मोल माग्ने भईसकेछ
शिर बिसाउने काख पनि
अरूले छ्यापेको हिलोले भन्दा आफन्तको फूलले
जिन्दगी बढी भिज्दो रहेछ सानो देखिने भुलले
अरूले हानेको ढुंगाले भन्दा
शब्दः राजेन्द्र थापा
संगीतः दिपक जंगम
स्वरः अरूणा लामा