यहाँ फूल नखिलेछ बाहर आउन नै भुलेछ
यहाँ चोट दुखेकै छ तर सहन परेकै छ
ओइली रहेको जीवन ओइलाई रहँला सदा
ओइली रहेको जीवन ओइलाई रहँला सदा
यहाँ फेरि जिउन सम्म कसले बाँच्न पाउँला
खोजी रहेछ प्राणी कहाँ आड देखिने छ
यहाँ चोट दुखेकै छ तर सहन परेकै छ
खुशी चाहने जीवन विरह साँची रहेछ
खुशी चाहने जीवन विरह साँची रहेछ
यहाँ खेल्न पर्ने योवन उदास उदास बनेछ
उजाड उजाड बागमा एक जीवन रोई रहेछ
यहाँ चोट दुखेकै छ तर सहन परेकै छ
यहाँ फूल नखिलेछ
शब्दः जिदेन्द्र बर्देवा
सङ्गीतः शरण प्रधान
स्वरः अरूणा लामा