लहरे बर………

लहरे बर घुमाउने चौतारी
लहरे बर घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बैरागीको मनलाई बरी लै
बैरागीको मन बरी लै
लहरे बर घुमाउने चौतारी

आकाशको कालो बादल मनभरि छायो
आकाशको कालो बादल मनभरि छायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रूवायो
हाँस्ने खेल्ने उमेरलाई केले हो रूवायो
माइतीको आश बलिबास जिउको नाश बरी लै
माइतीको आश बलिबास जिउको नाश बरी लै
लहरे बर घुमाउने चौतारी

डाँडामाथि झुल्के घाम आँखामा छ रात
डाँडामाथि झुल्के घाम आँखामा छ रात
आफन्तको भीडबीच कोही छैन साथ
आफन्तको भीडबीच कोही छैन साथ
काँ हो मेरो गाउँ, कुन हो ठाउँ, के हो नाउँ बरी लै
काँ हो मेरो गाउँ, कुन हो ठाउँ, के हो नाउँ बरी लै

लहरे बर घुमाउने चौतारी
लहरे बर घुमाउने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बह पोख्ने ठाउँ छैन
मन बुझाउने गाउँ छैन
बैरागीको मनलाई बरी लै
बैरागीको मन बरी लै
लहरे बर घुमाउने चौतारी

शब्द/सङ्गीतः दिपक जङ्गम
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!