तिम्रो हाम्रो जिन्दगानी घाम छायाँ हो कि जस्तो
झरिएका पातहरूमा शीतको थोपा हो कि जस्तो
तिम्रो हाम्रो जिन्दगानी घाम छायाँ हो कि जस्तो
झरिएका पातहरूमा शीतको थोपा हो कि जस्तो
तिम्रो हाम्रो जिन्दगानी
सपना आखिर सपनै रहेछ विपना हुन्न रैछ
सपना आखिर सपनै रहेछ विपना हुन्न रैछ
जति हाँस्न खोजे पनि आँखा भिज्दो रैछ
तिम्रो हाम्रो जिन्दगानी घाम छायाँ हो कि जस्तो
झरिएका पातहरूमा शीतको थोपा हो कि जस्तो
तिम्रो हाम्रो जिन्दगानी
पोखिएको पानी सरी बाँच्नु पर्दो रैछ
पोखिएको पानी सरी बाँच्नु पर्दो रैछ
चर्किए पनि मुटु सारा सहनु पर्दो रहेछ
तिम्रो हाम्रो जिन्दगानी घाम छायाँ हो कि जस्तो
झरिएका पातहरूमा शीतको थोपा हो कि जस्तो
तिम्रो हाम्रो जिन्दगानी घाम छायाँ हो कि जस्तो
झरिएका पातहरूमा शीतको थोपा हो कि जस्तो
तिम्रो हाम्रो जिन्दगानी
शब्दः विश्व बल्लभ
संगीतः शिव शंकर मानन्धर
स्वरः अरूणा लामा