गोरेटो टेक्दा निर्दोष पाइला काँडामा परेछन्
जतिलाई मैले आफन्त सम्झेँ पराई रहेछन्
पराई पो रहेछन्
गोरेटो टेक्दा निर्दोष पाइला काँडामा परेछन्
यो मुटु दुख्छ नौमुरी तिम्रा लाञ्छना सुनेर
यो मुटु दुख्छ नौमुरी तिम्रा लाञ्छना सुनेर
कति दिन बाँचुँ मनमा उठ्ने भक्कानो थुनेर
ओझेल पार्न खोज्दछौ किन अनेकौ खोटले
छातीमा झन्नै भंगालो गयो निर्दयी चोटले
निर्दयी चोटले
गोरेटो टेक्दा निर्दोष पाइला काँडामा परेछन्
रातमा सधै सिरानी भिज्छ कर्णाली बगेर
रातमा सधै सिरानी भिज्छ कर्णाली बगेर
यो मनभरि डढेलो लाग्छ खडेरी परेर
गल्ती नै छैन भनेर कहीँ कतै म गइनँ
अन्याय पर्यो भनेर पनि कसैलाई भनिनँ
कसैलाई भनिनँ
गोरेटो टेक्दा निर्दोष पाइला काँडामा परेछन्
जतिलाई मैले आफन्त सम्झेँ पराई रहेछन्
पराई पो रहेछन्
गोरेटो टेक्दा निर्दोष पाइला काँडामा परेछन्
शब्दः नरेन्द्र राज प्रसाईँ
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा