आँखाहरूसित मैले धेरै धेरै प्रश्न गरेँ
केही थाहा नपाई मैले यसलाई माया सम्झेँ
आँखाहरूसित मैले धेरै धेरै प्रश्न गरेँ
केही थाहा नपाई मैले यसलाई माया सम्झेँ
आँखाहरूसित मैले……
कति कति रातसित रात बनी टोलाई रहेँ
कति कति रातसित रात बनी टोलाई रहेँ
मीठा मीठा पीडाहरू मलाई नै गिज्याई रहे
प्रश्नमा मैले प्रश्नै पाएँ अल्मलिए भावनाहरू
केही सम्झी केही झस्की त्यसलाई प्रीत सम्झेँ
घाम छायाँ यो जीवन सम्झी भुलिदेऊ पीर जति
घाम छायाँ यो जीवन सम्झी भुलिदेऊ पीर जति
बिहानीको नयाँ रंग रंगाई देऊ जीवन फेरि
प्रीतिका यी फूलहरू थाहा नपाई फुलेछन् याँ
ओइलाई जाने हो या फुल्ने अजम्बरी मैले सम्झेँ
आँखाहरूसित मैले………
शब्दः
संगीतः (शान्ती ठटाल)
स्वरः अरूणा लामा