थाहै नपाई यहाँ मेरो जीवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरू मदेखि तर्सि भागी दिन्छन्
वसन्त मदेखि किन लुकी हिँड्छ
थाहै नपाई यहाँ मेरो जीवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
सोध ए मान्छे जीवन दुखेका कुराहरू
खोज ए मान्छे जीवन भत्केका कुराहरू
सोध ए मान्छे जीवन दुखेका कुराहरू
खोज ए मान्छे जीवन भत्केका कुराहरू
बाँच्नै हो भने म पनि बाँच्न पाउँ
हाँस्नै हो भने म पनि हाँस्न पाउँ
थाहै नपाई यहाँ मेरो जीवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
ज्वालामा जल्दा कोही यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
ज्वालामा जल्दा कोही यहाँ हाँस्छन्
व्यथाले पोल्दा मलाई पागल भन्छन्
सुन ए मान्छे म पनि तिमी जस्तै हुँ
बुझ ए मान्छे शून्यतामा ममात्र किन रोउँ
थाहै नपाई यहाँ मेरो जीवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
खुशीहरू मदेखि तर्सि भागी दिन्छन्
वसन्त मदेखि किन लुकी हिँड्छ
थाहै नपाई यहाँ मेरो जीवनको ज्योति निभेछ
यादै नपाई मेरो भाग्यको घाम डुबेछ
घाम डुबेछ, घाम डुबेछ
शब्दः राजेन्द्र थापा
संगीतः मणि कमल क्षेत्री
स्वरः अरूणा लामा