किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर
अँधेरोमा रातबीच तारापिच्छै घुम्छ
जुनेलीमा जूनसित ओर्ली मुख चुम्छ
एकलास ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्युँझे पनि सिरानीमै हुन्छ
किन किन तिम्रो तस्वीर
प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आइपुग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यही आशा बन्छ
किन किन तिम्रो तस्वीर
शब्दः म.बि.बि.शाह
संगीत/स्वरः अम्बर गुरूङ