एउटा विरह हारेको मनलाई टुक्राउँछ एउटा विश्वास
त्यही मनलाई ब्युँझाउँछ, ब्युँझाउँछ
एउटा विरह हारेको मनलाई टुक्राउँछ एउटा विश्वास
त्यही मनलाई ब्युँझाउँछ, ब्युँझाउँछ
चोटभित्र डुबेको दिल एकान्तमा रुने हुन्छ
चोटभित्र डुबेको दिल एकान्तमा रुने हुन्छ
मिलनको बेला फुलेको फूल बिछोडमा झर्ने हुन्छ
बिछोडमा झर्ने हुन्छ
आजको सपना विपना बनेर बिहानीमा आए निरस निरस
जीवनको फूल फक्रिन सक्छ, फक्रिन सक्छ
अँध्यारो यो भएर नै उज्यालोको आभाष हुन्छ
अँध्यारो यो भएर नै उज्यालोको आभाष हुन्छ
छरिएका भाकाहरू सँगालिए गीत बन्छ
सँगालिए गीत बन्छ
आत्मियता चाहना प्रेरणा बनेर हृदयमा आए निरस निरस
कथा जीवनको मोडिन सक्छ, मोडिन सक्छ
एउटा विरह हारेको मनलाई टुक्राउँछ एउटा विश्वास
त्यही मनलाई ब्युँझाउँछ, ब्युँझाउँछ
ब्युँझाउँछ, ब्युँझाउँछ
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य