झरिसके आँशु मेरो मोती सम्झी टिपि दिनु
सास पनि सुसाईसके हत्केलाले थामि दिनु
झरिसके आँशु मेरो मोती सम्झी टिपि दिनु
सास पनि सुसाईसके हत्केलाले थामि दिनु
झरिसके आँशु मेरो
बिरानो भई धेरै रोएँ शून्यताको मुटुभित्र
बिरानो भई धेरै रोएँ शून्यताको मुटुभित्र
छोडी गए छाती मेरो वसन्तको अघिल्तिर
छोडी गए छाती मेरो वसन्तको अघिल्तिर
वसन्तको अघिल्तिर
झरिसके आँशु मेरो
चोखो विश्वास छैन रैछ चुडि लग्यो बतासले
चोखो विश्वास छैन रैछ चुडि लग्यो बतासले
आफ्नो भन्ने कतै होला बिरानो भई बाँचे अहिले
आफ्नो भन्ने कतै होला बिरानो भई बाँचे अहिले
बिरानो भई बाँचे अहिले
झरिसके आँशु मेरो मोती सम्झी टिपि दिनु
सास पनि सुसाईसके हत्केलाले थामि दिनु
झरिसके आँशु मेरो
शब्दः
संगीतः
स्वरः भक्तराज आचार्य